झापा, कात्तिक २७ । मेचीनगरमा पुलबाट झरेर मृत्यु हुनेको पहिचान खुलेको छ ।
बुद्धशान्ति ५ बस्ने ४५ वर्षिय होमबहादुर पोखरेलको पुलबाट झरेर मृत्यु भएको हो । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पाखरेलको राति नै मृत्यु भएको र स्थानीय आज बिहान देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।




