झापा, कात्तिक २७ । चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न झापा आउने भएकी छन्।

लिङ्देनको चुनावी क्षेत्र झापा क्षेत्र नं ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने बृहत चुनावी आमसभालाई कोइरालाले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

उनले अस्तिदेखि नै राप्रपाको लागि मत माग्दै आएकी छन् । एमालेसँग चुनावी तालमेल गर्दै लिङ्देन प्रतिनिधिसभा उम्मेदवारको रूपमा चुनावी मैदानमा रहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्