बिर्तामोड , कात्तिक २७ । बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टका कक्षा ११ का विद्यार्थीहरुको कप्तान तथा उपकप्तान छनोट गर्न निर्वाचन गरिएको छ ।

लोकतान्त्रिक विधि ,उच्च प्रतिस्पर्धा ,मतदान शिक्षा ,मत परिणामजस्ता विषयमा सैद्धान्तिक तथा ब्यबहारिक ज्ञान दिनका लागि विद्यार्थीलाई चुनावी अभ्यासमा अभ्यस्त गराइएको हो। कलेजका शिक्षक नितेश साह मुख्य निर्वाचन अधिकृत भई गरिएको निर्वाचनमा कप्तानतर्फ ८ जना र उपकप्तानतर्फ ६ जनाले प्रतिष्पर्धामा भाग लिएका थिए ।

कुल १४८ मत खसेकोमा कप्तानतर्फ अफजल गुरुङ ३७ मत प्राप्त गरी बिजयी भए भने उपकप्तानतर्फ ५३ मत ल्याई जेशिका राई बिजयी भइन् । अन्य उम्मेदवारहरुमा कप्तानतर्फ रिता थापा १४ , काब्या ठकुरी २६ ,आवास श्रेष्ठ १० ,बाबुल बिष्ट २१ ,अस्मिता अधिकारी २, युबराज दुलाल २६ ,कौसल बानियाले १० मत प्राप्त गरेका थिए ।

त्यस्तै उपकप्तानतर्फ एन्जिला शेर्पा २२ ,उषा पाँचकोटी ४ ,नेहा बोहरा ३८ ,सृष्टि बुढाथोकी ६ ,लक्ष्मी घिसिङले १६ मत प्राप्त गरे। कप्तान र उपकप्तानको चुनावमा मतदाता १७८ जना रहेकोमा १४८ मत खसेको थियो।कप्तानतर्फ २ र उपकप्तानतर्फ १४ मत बदर भएको थियो।

शिक्षकहरु मनोज बस्नेत ,बिनोद लामा ,इन्दिरा खड्का ,रामचन्द्र पोखरेल ,अनमोल गिरी,प्रवेश खनालले मतदान सहायक , बिजया भण्डारी र भुवन दंगालले अनुगमन तथा निर्वाचन आयोगको समितिको रुपमा सुधिर भट्टराई ,यज्ञराज कडरिया र दीपक दासले कार्यसम्पादन गरेका थिए । एकाडेमिक डाइरेक्टर बसन्त टन्डन क्षेत्रीले बिजयी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरी सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्