झापा, कात्तिक २८ । टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतङ्कवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै, उनले आक्रमणको निन्दा गर्दै हमलामा “आतङ्कको गन्ध“ आएको बताए । न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् । विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्