झापा , कात्तिक २९ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामानसहितको एक अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आई रोकी राखेको प्र.१–०१–००१ह८३५५ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी मूल्य ५८ हजार २सय बराबरको जाडोमा लगाउने टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेको थियो ।

ती सामान र २ लाख ५० हजार मूल्यको अटोलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्