झापा, कात्तिक २९ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ ।

सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो । नेपाल खुदा व्यापार सयको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए । उनले भने, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ , कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो ।” उनका अनुसार भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५-२० दिन पहिले नै हटाइसकेको छ तर नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगो गरेर बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्