झापा , कात्तिक ३० । घरेलु टोली नेपालले युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । आजको खेलमा नेपाल जित निकाल्दै सिरिज जोगाउने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । यता यूएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने योजनामा छ । तीन खेलको सिरिजमा युएई १-० ले अघि छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्