झापा , कात्तिक ३० । झापाको कचनकवल १ घेरावारीमा दारा नभएको एउटा जंगली हात्ती मृत फेला परेको छ ।

जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण गंगा दाहालको धानखेतमा बयस्क भाले हात्ती आज विहान मृत अबस्थामा फेला परेको हो । हात्तीको दारा नरहेको कचनकवल १ का वडाध्यक्ष महावीर लिम्बू रंजितले बताए । उनले शरीरमा चोटपटक नदेखिएपनि दारा नरहेको जानकारी दिए । हात्तीको पेट सुन्निएको छ । डिभिजन वन कार्यालयको टोली आएर पोष्टमार्टम गरिरहेको र त्यसपछि खाल्डो खनेर अन्त्येष्टि गरिने उनले जानकारी दिए ।

