कुमरखोद, कात्तिक ३० । झापा गाउँपालिका वडा १ को मिलनबस्तीमा माई नदीको ढिस्कोले पुरिएर दुई बालक सख्त घाईते भएका छन् ।

घाईते हुनेहरुमा भीम सोरेनका ६ वर्षिय छोरा मुकेश सोरेन र ललि मुर्मूका ४ वर्षिय छोरा फरमिस मुर्मू रहेका छन् । घरनजिकै रहेको माई नदीको बाँधमा ३ जना छिमेकी बालकहरु खेलिरहेको अवस्थामा बालुवाको बाँध भत्किएर दुईजना बालक पुरिएका थिए । पुरिएपछि उनीहरुसँगै खेलिरहेका अर्का बालकले हल्ला गरेपछि गाउँलेहरुले जम्मा भई तत्कालै उद्दार गरेका थिए ।

उद्धार गर्ने समयमा बालकहरु अचेत अवस्थामा थिए । तिनीहरुलाई बचाउनका लागि मुखवाट कृत्रिम स्वासप्रश्वास दिएको रघु टुडुले बताए । अहिले दुवै बालकहरुको विर्तामोडको विएण्डसी अस्पतालको सघन कक्षमा उपचार भईरहेको मुकेश सोरेनका ठुला बुवा सुनिलाल सोरेन जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्