सुरेश आले ‘सर्जु’
बिर्तामोड । नेपाली कांग्रेसको गढ मानिएको बिर्तामोड १० का अधिकांश मतदाताहरु गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताउन लागेका छन् ।

बिर्तामोड १० मा रहेका २६ वटा टोल विकास संस्थामध्ये १७ वटा टोल सिटौलाको पक्षमा देखिएका हुन् । सैनिक क्याम्प , उत्तर भुतेनी , उदय रत्न , पत्थरभिट्टा ,शिबालय , भुपू सैनिक , गौरव , इलामेली , जर्मन ,काली मुनी ,मधुपोखरी ,लक्ष्मी नारायण,हाम्रो तेलगानी ,तेलगानी ,ठुटेबर ,पश्चिम विराटपोखर ,सैनिकबजार ,दक्षिण चमरधाप , शिवालय भीमसेन टोलका मतदाताहरु सिटौलाको पक्षमा छन् । आफ्नो टोलमा रहेका ८५ घरधुरीमध्ये ७ वटाबाहेक सबै घरधुरी सिटौलाको पक्षमा रहेको सैनिक क्याम्प टोल विकास संस्थाका अध्यक्ष वासुदेव गुरुङले बताए ।

त्यस्तै उत्तर भुतेनी टोलमा ७८ घरधुरी छन् । तीमध्ये ५–६ घरबाहेक सबैले उम्मेदवार सिटौलालाई सघाउने भएको उत्तर भुतेनी टोल विकास संस्थाका अध्यक्ष हेमु गुरुङले बताए । यसरी टोल टोलको मत आउने देखिएको छ ।

झापा क्षेत्र नं ३ अन्तर्गतको बिर्तामोड १० मा ६ हजार ७३ मतदाता रहेका छन् । कूल मतदातामध्ये ८० प्रतिशत मतदाता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले दावी गरे । कांग्रेसका गुरुङ लगातार दोस्रो कार्यकाल निर्वाचित भएका हुन् ।गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसका गुरुङले १९९२ विजयी मत ल्याउँदा एमाले र राप्रपाबाट उठेका उनका प्रतिष्पर्धी रिमानध्वज लोक्तामले १५७० मत पाएका थिए । बिर्तामोड १० मा स्थायी बसोबास रहेका कांग्रेसका जिल्ला सचिव नवीन बिमलीको त्यस क्षेत्रमा राम्रो प्रभाव रहेको बताइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्