झापा, मसिर १ । झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार तथा उन्नत लोकतन्त्र पार्टीका पूर्व अध्यक्ष स्वागत भनिने भद्रबहादुर नेपाललाई सघाउने कुनै पनि सहमति नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पष्ट पारेको छ ।

झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेपालले झापा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई सघाउने सहमति भएको भन्ने भ्रामक प्रचार गरेकोमा गंभीर ध्यानाकर्षण भएको राप्रपा झापा निर्वाचन क्षेत्र २ नं समितिले जनाएको छ ।

आफ्नो पार्टीको कुनै ब्यक्ति वा समूहसँग कुनै पनि भेटघाट वा बातचित नभएको र राप्रपाका नाममा कुनै पनि व्यक्ति वा समूहले यस्तो गलत क्रियाकलाप गरेको पाईएमा तुरुन्तै कानूनी उपचार खोज्ने भन्दै अध्यक्ष दिपक मास्के र सचिव कुमार थापाले जारी गरेको प्रेस विज्ञप्तिमा तथ्यहीन समाचार प्रकाशन प्रसारण नगरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । साथै तालमेल गरेको दल नेकपा एमालेसँग सहमति र सहकार्यमा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्