झापा , मंसिर ४। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार बनेका काँग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका– १० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट आज बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन् ।

सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा मतदान गरेकी थिइन् । सिटौलाको झापा क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्र भएकाले उनले आफूलाई मतदान गर्न पाएनन् । उनले झापा १ का उम्मेदवारलाई मतदान गरे । ७ बजे नै मतदान स्थल पुगेका सिटौला १५ मिनेट लाइनमा बस्नु परेको थियो । कर्मचारीलाई मतदान व्यवस्थापन मिलाउन केही ढिला भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्