झापा । झापाको तीनवटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

झापा क्षेत्र नं १ अन्तर्गत मेचीनगर नगरपालिका १४ को बालसुबोधिनी मावि केन्द्रमा केहीबेर अघिबाट मतदान रोकिएको हो । प्रदेश सभा सदस्य उम्मेदवारको मतपत्रमा एउटा चुनाव चिह्न नभएपछि विवाद भएर मतदान रोकिएको र त्यसबारे आफूले विस्तृत रुपमा बुझ्ने प्रयास गरिरहेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

त्यस्तै झापा क्षेत्र नं. ४ अन्तरगत शिवसताक्षी नगरपालिका १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको थियो । सर्वदलीय छलफल गरी त्यहाँ मतदान सुचारु गरिएको नेपालले बताए । त्यस्तै मेचीनगरको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान रोकिएको थियो । त्यहाँ पनि सुचारु गरिएको निर्वाचन अधिकार िनेपालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्