झापा , मंसिर ४ । इलाम र पाँचथरमा ११५ बर्षका बृद्धबृद्धाले मतदान गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि इलाम जिल्ला फाकफोकथुम गाउँपालिका ७ स्थित सिंह माध्यमिक विद्यालय शिकारी भञ्ज्याङ मतदान स्थलमा ११५ बर्षिय वृद्धले मतदान गरेका हुन। सोही स्थान बस्ने ११५ बर्षिय मानबहादुर राईले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिएका छन् । नागरिकता अनुसार उनको जन्म मिति वि.सं.१९६४ साल रहेको छ ।
त्यस्तै पाँचथर नवमीडाँडामा १ सय १५ बर्षिया मनरानी आङदेम्बेले मतदान गरेकी छन् । नागरिकता अनुसार उनको जन्म मिति १९६४ जेष्ठ ११ रहेको छ ।