झापा, मंसिर ४। झापामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरिएको छ ।

मतपेटिका संकलन भइसकेपछि आइतवार रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको छ । सबै मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउने काम भइरहेको बताउँदै जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले केही क्षेत्रमा आइतवार रातिदेखि नै मतगणना शुरु गरिने जानकारी दिए ।

उनले राति ११ बजे पाँचवटै क्षेत्रका राजनीतिक दल र उम्मेदवारहरुलाई आ–आफ्नो क्षेत्रमा सर्वदलीय बैठकका लागि बोलाएको बताए । उनले सर्बदलीय सहमतिका आधारमा मतगणना शुरु गरिने जानकारी दिए । मतगणनाको लागि गणना स्थलको तयारी पूरा भइसकेको उनले बताए । सिसिटिभी जडान गरी मतगणना स्थलको तयारी गरिएको उनले जानकारी दिए । आइतवार रातिदेखि क्षेत्र नं २ र ५ मा मतगणना शुरु गर्ने तयारी गरिएको जानकारी दिए । झापा क्षेत्र नम्बर २ को मतगणना राति २ बजेबाट सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्