झापा, मंसिर ५ । झापामा मतगणना शुरु भएको छ ।

झापा क्षेत्र नं २ को मतगणना शुरु भएको हो । बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना शुरु गरिएको हो । सर्वदलीय बैठक सकेर गणना शुरु गरिएको जनाइएको छ । अर्जुनधारा ११ को मतपेटिकाबाट गन्न थालिएको हो । त्यसपछि बिहान ९ बजेबाट अन्य ८ ठाउँमा मतगणना हुने जनाइएको छ । अहिले एक ठाउँमा मतगणना शुरु गरिएकोमा बिहान ९ बजेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रदेशसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रतिनिधिसभाको समानुपातिकतर्फ २ ठाउँ र प्रदेशसभाको समानुपातिकतर्फ २ ठाउँ गरी थप ८ ठाउँमा गणना गर्नेगरी तयारी थालिएको छ ।यस क्षेत्रमा एमालेका देवराज घिमिरे , गठबन्धनका हरि राना , स्वतन्त्र उम्मेदवार स्वागत नेपालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

त्यस्तै झापा ३ मा बिहान ८ बजेदेखि मतगणना शुरु हुँदैछ ।
सर्बदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको गणना शुरु हुने प्रदेश सभा सदस्यका उम्मेदवार बसन्त बानियाले जनाएका छन् ।

त्यस्तै झापा क्षेत्र नं ५ मा पनि बिहान ८ बजेबाट गणना शुरु हुनेछ । झापा ५ मा राति ३.३० बजे मात्र मत पेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ । जसले गर्दा रातिदेखि नै गणना सुरु गर्ने भनिए पनि अहिले विहान ८ बजेबाट सुरु गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्