एजेन्सी । बिहारको वैशाली जिल्लाको मेहनार क्षेत्रमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु भएको छ ।


भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरहरू अनुसार मेहनार–हाजीपुर मार्गमा उक्त घटना भएको हो । सडक किनारमा हिँडिरहेका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ७ जना बालबालिकाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार आइतबार राति ९ बजेको समयमा नयाँगाउँ टोलमा मानिसहरु सडक किनारमा पूजाआजा गरिरहेको समयमा तीव्र गतिमा आएको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो ।घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्