झापा , मंसिर ५ । झापा क्षेत्र नम्बर– २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले अप्रत्यासित रुपमा मत हासिल गर्दै नेकपा एमालेका देवराज घिमिरे नजिक पुगेका छन् ।

अग्रता बढाउँदै लगेका घिमिरेलाई उनले भेट्न लागेका छन् । घिमिरेले २७४९ मत ल्याउँदा नेपालले २५७६ मत ल्याएका छन् । माओवादीका हरि राना भने १३८६ मतसहित तेस्रो स्थानमा पुगेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ७८२ मत ल्याएका छन् ।अहिले अर्जुनधारा ११ र बुद्धशान्ति १ ८३३९ मतकाे गणना सकिएकाे छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्