झापा, मंसिर ५ । झापा क्षेत्र नम्बर– २ मा उछिनेका स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई नेकपा एमालेका देवराज घिमिरेले पछि पारेका छन् ।
११ हजार ६०९ मत गणना हुँदासम्म घिमिरेले ३९७० मत ल्याएका छन् भने नेपालले ३२५० मत ल्याएका छन् । उनीहरुबीच ७२० मतको अन्तर हो । माओवादीका हरि राना भने २३२४ मतसहित तेस्रो स्थानमा पुगेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ९४६ मत ल्याएका छन् ।





