झापा, मंसिर ६ । झापा–४ मा पछिल्लो गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले अग्रता कायम राखेका छन् ।
आज बिहान ३ बजेको अपडेटअनुसार ढकालले ३ हजार ३९० मत पाएका छन् । नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बूले ३ हजार २९ मतसहित उनलाई पछ्याइरहेका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेले १ हजार ७१४ र स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले १३७ मत पाएका छन् ।




