झापा,मंसिर ६ । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो स्थानमा रहेका छन् ।
यस्तै राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६ मत ल्याएको ललितपुर निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार दिपेशकुमार केसीले १३ सय ९२ ल्याएका छन् ।यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।



