झापा , मंसिर ६ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् ।

आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेयिबासँग भिड्न लागेको हो । अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै अर्जेन्टिना प्रतियोगितामा आफूलाई बलियो साबित गर्ने योजनामा छ । यता साउदी अरेबिया पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो साबित गर्ने योजनामा छ ।आज नै हुने समूह समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै मंगलबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।आज हुने अन्तिम खेलमा साबिक विजेता फ्रान्सले अस्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्