झापा , मंसिर ६ । वीरता लेडी जेसीजले १५ वर्षपछि नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिएको छ।

निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यलाई वीरता लेडी जेसीजले नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेदवार बनाएको हो।
आउँदो पुष ७ देखि १० गतेसम्म वीरगञ्जमा हुने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा आचार्यले उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने मंगलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष संगिता चिमरियाले जानकारी दिइन्।
सन् २००४ मा स्थापित वीरता लेडी जेसीजको इतिहासमा सन् २००७ मा देवी भण्डारीले राष्ट्रिय उपाध्यक्ष पदमा विजय हासिल गरेकी थिइन्।
सन् २०१० मा वीरता लेडी जेसीजमा प्रवेश गरेदेखि सक्रिय भूमिका निर्वाह गर्दै २ पटक उत्कृष्ट जेसी अवार्डबाट सम्मानित आचार्य गत वर्ष सन् २०२१ की शाखा अध्यक्ष हुन्।आफ्नो कार्यकालमा विभिन्न रचनात्मक र दीर्घकालीन कार्यकमको सुरु गरेकी आचार्य गत वर्ष नेपाल जेसीजबाट धेरै वटा विधामा सम्मानित समेत भएकी थिइन् ।प्राध्यापक,संचारकर्मी तथा प्रशिक्षक आचार्यलाई अमूल्य मत दिई विजय गराइदिनु हुन अध्यक्ष चिमरियाले सबै जेसीजहरुलाई आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्