झापा , मंसिर ७ । नेकपा एमालेका एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

झापा क्षेत्र नं २(१)बाट उम्मेदवार बनेका कार्की १२ हजार ६३० मतान्तरले निर्वाचित बनेका हुन् । उनले १८ हजार ७३१ मत ल्याउँदा उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्प पोखरेलले ६१०१ मत ल्याएका छन् । अन्तिम मत परिणाम आइसकेपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी रहेको छ । मतगणना सकिसकेको बताउँदै निर्वाचन अधिकृत केशवप्रसाद पन्तले केहीबेरमा विजयी उम्मेदवार घोषणा गर्ने जानकारी दिएका छन् ।कार्की यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सांसद निर्वाचित भएका थिए ।त्यस्तै हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले ३२४२ मत ल्याई तेस्रो स्थान हासिल गरेका छन् ।



