मेचीनगर, मंसिर ७ । झापा क्षेत्र नं १(१) मा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यमा गोपाल तामाङ बिजयी भएका छन।

एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन् ।तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।

कूल ४८ हजार ७९९ मतमध्ये तामाङलाई करिब ५० प्रतिशत मत प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्