झापा, मंसिर ७ । नेकपा एमालेका छविलाल चुँडाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

राप्रपासँग चुनावी तालमेलमा झापा क्षेत्र नम्बर ३ (२) बाट उम्मेदवार बनेका चुँडालले नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीलाई ६ हजार ४२ मतान्तरले पराजित गरेका हुन । चुँडालले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन् ।

राजवंशी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए । राजवंशी २०७४ सालको निर्वाचनमा झापा ३ (२) बाटै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यसबेला उनले काँग्रेसका भगिरथ पोद्दारलाई पराजित गरेका थिए । २०६४ सालको निर्वाचनमा झापा ३ बाट राजवंशी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्