एजेन्सी । मिची बात्सुयीको गोलमा बेल्जियमले क्यानडालाई १–० ले हराएर बुधबार विश्वकप २०२२ मा विजयी सुरुवात गरेको छ ।

अहमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धामा बात्सुयीले खेलको एकमात्र गोल ४४ औं मिनेटमा गरेका थिए । त्यसमा उनले टोबी एल्डरवेइरेल्डको चलाखीपूर्ण पास उपयोग गरेका थिए । अघिल्लो विश्वकपमा तेस्रो स्थानमा रहेको बेल्जियमले ३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडाविरुद्ध जित हात पार्न कठिन संघर्ष गर्नुपर्यो ।

खेलको सुरुआतमै पाएको पेनाल्टीमा चुकेपछि क्यानडा अंक जोड्न असफल भएको हो । अल्फोन्सो डेभिसले ११ औं मिनेटमा प्रहार गरेको पेनाल्टीमा गोलकिपर टिबाउट कोर्टयसले बल रोक्दै बेल्जियमको संटक टारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्