झापा, मंसिर ८ । झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर साँवा (एलपि) निर्वाचित भएका छन् ।

उनी दोस्रो पटक संघीय सांसदमा निर्वाचित भएका हुन् । राप्रपासँग चुनावी तालमेल गरी झापा ४ बाट उम्मेदवार बनेका साँवाले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका देउकुमार थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गरेका हुन् । थेबे कांग्रेसका जिल्ला सभापति हुन् ।

साँवाले २९ हजार ३१५ मत प्राप्त गर्दा थेबेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल १४ हजार ०६९ मत ल्याई तेस्रो भएका छन् । झापा ४ मा १ लाख २३ हजार १२४ कुल मतदाता रहेको ७९ हजार ४८३ मत गणना भएको थियो । त्यसमा ४ हजार ६४७ मत बदर भएको छ । यद्यपि निर्वाचन अधिकृतको कार्यालय आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ ।गत २०७४ को निर्वाचनमा पनि थेबे साँवासंगै पराजित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्