भद्रपुर, मंसिर ९ । झापाको भद्रपुरस्थित सिभिल बैंक लिमिटेडले १२ औं स्थापना दिवसको सन्दर्भमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शुक्रवार भद्रपुर माविको प्राङ्गणमा बैंकद्वारा आयोजित कार्यक्रमका बीच भद्रपुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा काजल चौधरीलाई विद्यालय प्रशासनको सिफारिसमा छात्रवृति प्रदान गरिएको हो । बैंकका शाखा प्रबन्धक घनश्याम पोखरेललगायतको कर्मचारीहरुको टोलीले विद्यालयमा पुगेर सो छात्रवृति प्रदान गरेको थियो ।

सोही अवसरमा एस. एस. निकेतन ईङ्गलिस स्कुलका विद्यार्थी तथा शिक्षकहरुलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना प्रदान गरिएको बैंकका रिलेशनसीप अफिसर विकास बुढाथोकीले जानकारी दिए । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रहेर कार्यक्रम गरिएको बुढाथोकीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्