झापा, मंसिर ९ । गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् ।

उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी– १ मा जित हात पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ हजार ५ सय ९२ रहेको छ । एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन् । उनले लेखेका छन्, ’अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ । ’

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्