इलाम, मंसिर १० । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मतगणना भइरहँदा रोकिएको छ ।

निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका छन् ।
गणना गर्न बाँकी रहेको १९ सय ९२ मत गणनाका क्रममा विवाद भएको थियो । पछिल्लो गणना अनुसार सुवास नेम्बाङ १ सय ३० मतले मात्रै अगाडि छन् ।

सत्ता गठबन्धनका दलहरुले मत गणनाप्रति विश्वास नभएको भन्दै विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्