झापा , मंसिर १२। सुनसरी क्षेत्र नं १ मा एमालेको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

राई १७ हजार ५९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले १६ हजार ६ सय ६ मत पाइन् । राई र तामाङले पाएको मतान्तर ४ सय ५३ मात्र रहेको छ ।

गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७, राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ७ हजार ८ सय ८४, स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८ सय १२, मेयर हर्क साम्पाङको टिम भनिएका तर्कबहादुर मगरले ३ हजार ८ सय १८ पाए ।

सुनसरी १ मा कुल मतदाता संख्या १ लाख ४१ हजार ७ सय ७८ हजार रहेकोमा ७८ हजार ९ सय ११ हजार मत खसेको थियो । तीमध्ये ७३ हजार २१ मत मात्र सदर भएको थियो । ५ हजार ८ सय ९० मत वदर भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्