झापा , मंसिर १४ । उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु चौधरीलाई २ हजार ३७९ मतान्तरले हराए । परराष्ट्र मन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेका छन् ।
यस्तै सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २६ हजार ४७ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ७ सय ६ मतसहित पछ्याइरहेका छन् ।



