झापा, मंसिर १४ । उदयपुरको कटारी नगरपालिका-६ साँगुरी बाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउपालिका-२ का २७ बर्षिय सरोज राई रहेका छन् । बुधबार बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो । अवैध लागूऔषध गाँजा बरामद भए संगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्