झापा, मंसिर १४ । झापाको मेचीनर नगरपालिका-१३ चारआलीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मंलबार अपरान्ह ४ बजे प्रदेश १-०१-००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री ७० बर्षीय जगतमान सावालाई ठक्कर दिंदा घाईते भएका सावाको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ बर्षीय नरेन्द्रकुमार अधिकारीलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्