हल्दीवारी, मंसिर १४ ।झापा क्षेत्र नं. ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधवार एकैदिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।

राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेका ३ वटा पक्की पुलको शिलान्यास गरेका हुन् ।

४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का पाएको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

जसअन्तर्गत वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाई ,वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाई र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका क्षेत्रभित्रका अन्तिम ३ वटा काठका पुल विस्थापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लागिइसकेको बताउँदै अध्यक्ष रविन्द्र लिङ्देनले समयसीमाभित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क आश्वासन दिए । कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (२) का नवनिर्वाचित प्रदेश सांसद छवि चुडालको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्