झापा, मंसिर १५ । झापा क्षेत्र नम्बर-२ का स्वतन्त्र उम्मेदवार देवराज लामा तामाङले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन् ।

तामाङले निर्वाचनमा जम्मा खर्च १ लाख ३७ हजार २५० रुपैयाँ खर्च भएको भन्दै खर्च विवरण आयोगमा बुझाएका हुन् । उनले आफ्नो चुनावी खर्चको सक्कल बिलसहितको विवरण आयोगमा बुझाएको जानकारी दिएका छन् । उनले मतपत्र, पर्चा , भिजिटिङ कार्ड, चुनाव चिन्हको झण्डा , राष्ट्रिय झण्डामा २० हजार ३०० , निर्वाचन सामग्री खरिदमा १८ हजार , विभिन्न मिडियामा सूचना प्रकाशन, प्रसारण १६ हजार ९५० , गाडी भाडा ५२ हजार ,अडियो म्याक्स , हर्न माइकमा १५ हजार ७०० ,खाजा ९ हजार ३०० र विविधमा ५ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । माछा चुनाव चिन्ह लिएर उनी चुनावी मैदानमा होमिएका थिए । निर्वाचनमा उनले २८३ मत पाएका छन् । योग्य ,सक्षम र दक्ष व्यक्ति हार्नु भनेको झापा २ नं क्षेत्रका बुद्धिजीविको हार भएको उनले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्