झापा , मंसिर १६ । झापाका दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेका छन् ।

महासंघको बिहीबार बसेको बोर्ड बैठकले बिर्तामोड २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थालाई एसोसिएसट सदस्यता दिने निर्णय गरेको हो ।

सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४ सय ४५ कर्मचारी कार्यरत रहेका छन् । यसको कुल सम्पत्ति १० अर्ब बढीको छ । त्यसैगरी मेची सहकारीमा १३ हजार ७ सय सदस्य आवद्ध छन् भने यसको कुल सम्पत्ति करिव साढे तीन अर्ब रहेको छ ।

राष्ट्रिय सहकारी महासंघको सहयोगी सदस्यता प्रदानसम्वन्धी कार्यविधि, २०७८ अनुसार एक अर्बभन्दा माथि कुल पुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई मात्र सहयोगी सदस्यता प्रदान गर्ने गरिन्छ । संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रवर्द्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्ने गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्