झापा , मंसिर १६ । झापाको मेचीनगरबाट प्रहरीले अवैध काठसहित दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

शुक्रवार २ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.१ गाडागल्लीस्थित पातापुरबाट आउँदै गरेको मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरको २ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
ट्रयाक्टरहरु रोक्ने क्रममा चालकहरु भागी फरार भएकाले शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा ल्याउँदै गरेको सखुवा जातको गोलिया काठ फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए । उक्त ट्रयाक्टरहरुमध्ये मे १ त ३७४० नंम्बरको ट्रयाक्टर अन्दाजी मूल्य रू.१० लाख ,मे १ त ७८५४ नम्बरको ट्रयाक्टर अन्दाजी मूल्य रु.८ लाख र अन्दाजी २५० क्यु. फिट गोलिया काठ मूल्य रु.२ लाख ५० हजार गरी जम्मा रु.२० लाख ५० हजार बराबरको सामान आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाइएको डिएसपी पाठकले जानकारी दिए ।



