झापा, मंसिर १८ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ ।

भक्तपुरको लोकन्थलीस्थित नेता बाँस्कोटाको घर बाहिर शंकास्पद पोको फेला परेपछि बमको आशंका गरिएको थियो । त्यसलगत्तै सेनाको टोली आएर उक्त वस्तु निष्क्रिय पार्दा वस्तु बम नभएको पाइएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्