झापा , मंसिर १८ । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो । नेपालले आजको खेलमा सोमपाल कामीको स्थानमा करण केसीलाई राखेको छ । सिरिजमा दुवै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो । सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्