बिर्तामोड , मंसिर १८ । बिर्तामोडको सिटी सेन्टरले संचालन गरेको लक्की ड्र कुपनमा बिर्तामोड १ की बिमला गौतमले स्कुटी पुरस्कार पाएकी छन् ।

दशै तिहार पर्वको अवसर पारेर गत असोज १० गतेदेखि संचालित लक्की ड्र कुपन आज आइतवार खोलिएको थियो । लक्की ड्र कुपनमा बम्पर पुरस्कार टिभिएस कम्पनीको स्कुटी राखिएको थियो । सो पुरस्कार पाउने भाग्यशाली गौतम बनेकी हुन् । उनको कुपन नम्बर १०५५५ रहेको छ ।

त्यस्तै लक्की सेभेन पुरस्कार पनि विभिन्न सात जना विजेताले जितेका छन् । मिना बस्नेतले कुपन नं ११०३१ र ११०३२ मा इन्डक्सन चुल्हो र आइरन गरी दुईवटा पुरस्कार पाएकी छन् । त्यस्तै ३६८५ नं को कुपन भएकी तुलसा सिलवाल र २२६३ नं को कुपन भएकी हरिमाया पराजुलीले आइरन पाउँदा ४००२ नं को कुपन भएकी युविना लिम्बू ,७७५२ नं को कुपन भएका पवन गौतम र तुलसादेवी पौडेलले घडी पाएको सिटी सेन्टरका संचालक दिपेन्द्र राउतले बताए ।

सिटी सेन्टरमा एक हजार रुपैयाँको सामान खरिद गर्दा त्यहाँका व्यवसायीहरुले एउटा कुपन दिने गरेका थिए । लक्की ड्र कुपन खोल्ने कार्यक्रममा सिटी सेन्टरका संचालकहरु दिपेन्द्र राउत , हिमालय प्रसाईसहित व्यवसायी र ग्राहकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्