भद्रपुर, मंसिर १८ । मानव अधिकारका लागि महिला एकल महिला झापाले महिला हिंसाबिरूद्धको १६ दिने अभियानअन्तर्गत २५ जना महिलालाई साडी उपहार दिएको छ ।

सभ्य समाजको पहिचान हिंसामुक्त समाज नाराका साथ एकल महिला छहारीमा मनाइएको अभियानमा एकल महिला समूहले पहिचानका आधारमा २५ जना महिलालाई साडी उपहार प्रदान गरेको हो ।
सीता गुरागाईको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथि मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी रहेकी थिइन् ।



