झापा , मंसिर १९ । नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन् ।

बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा १ ग ३४४२ नम्बरको गाडी आइतबार इलामको माङसेबुङ गाउँपालिका-६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ । दुर्घटनामा परी सैनिक प्युठ काँशिराम चौधरी , प्रविण खड्का , शिव राना , ओमप्रकाश थापा , नायक रवि तामाङ , रमेश चौधरी , सूर्य थारु , चन्द्रबहादुर कार्की , दिलबहादुर शाही , लोटन थारु , देविलाल सुनुवार , हवल्दार प्रकाश आचार्य , लेस नायक रञ्जित चौधरी र जवान धर्मेश कापर घाइते भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्