झापा , मंसिर २० । उदयपुरको कटारी नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कटारी-२ का ३० वर्षीय दिलकुमार थापा मगर रहेको प्रहरीले जनाएको छ । हिजो सोमबार साँझ ५ बजे आफ्नै घरको छतमा तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्