झापा , मंसिर २१ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन् ।

परिजिता बाँस्तोलाले गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन् । आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो । ४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो । त्यस मध्ये सबै भन्दा ज्यादा मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो । परिजिता ४ भित्र नपरे पछि उनले बेजोड प्रस्तुति गरेता पनि उनी फाइनलमा प्रवेश गर्न असफल भइन् । उनको यात्रा यही टुंगिएको छ । तर उनी मतमा हारेता पनि मनमा विजयी हासिल गरेकी छिन् । उनले सबैको मन जित्न सफल भएकी छिन् । गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएकी थिइन् । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीय परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरुमा उनको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो । गत सोमबार सबै ८ जना प्रतियोगीहरुको प्रस्तुति अद्धितिय रहेको थियो । एक पछि अर्को चरणमा झन् झन अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएता पनि उनी अन्तिम ५ मा भित्र पर्न असफल भइन् । अमेरिकी पूर्वीय समयअनुसार डिसेम्बर ५ तारिख राति ८ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म मतदानको समय थियो । परिजिता जन लेजेन्डको टोलीमा थिइन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्