झापा , मंसिर २१ । झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ ।

Soil Test. Agronomist putting soil with garden shovel in soil sample bag outdoor. Environmental research

दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका, कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटोमा अमिलोपना धेरै देखिएको बताइन् । उनका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबै जसोमा समस्या देखिएको थियो । शाखाकी प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्क रुपमा कृषि चुनको वितरण गर्ने गरेको बताइन् । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ । माटोको गुणस्तर सुधारका लागि र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले जानकारी गराइन् । उनले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गरिन् । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्