झापा, मंसिर २१ । एक्सेल डेभलपमेन्ट बैंकले धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड धरान शाखाले नेपाल रेडक्रस सोसाईटी धरानको सहयोगमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । विरामीहरुको स्वास्थ्य उपचारको लागि रगतको आवश्यकता परिपूर्ति गर्न सहयोग पु¥याउने उद्धेश्यले माछा भौडी पार्क, धरानमा आयोजित बृहत रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत संकलन भएको छ ।

साथै बैंकले सोही अवसरमा नगरको सरसफाईमा सहयोग पु¥याउन धरान उपमहानगरपालिका वडा नं. २ लाई ७ थान र वडा नं. ३ लाई १५ थानसहित जम्मा २२ थान डष्टविन प्रदान गरेको छ । उक्त डष्टविनहरु बैंकको तर्फबाट सहायक महाप्रवन्धक अशोक क्षेत्रीले वडा नं. २ का वडाध्यक्ष रमेश राई र वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यलाई प्रदान गरेका छन् । कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम वेघाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्