झापा, मंसिर २१ । सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका ५ मा बस्दै आएका ३८ वर्षिय अमृत भन्ने लैनबहादुर बस्नेत रहेका छन् ।

२०६७ कात्तिक १६ गते दिउँसो २.३० बजे इलाम साविक कोल्बुङ गाविस वडा नं. २ हाल रोङ गाउँपालिका ३ स्थित मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ जाँदै गरेको मे १ ख ९६४ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार रहेका इलाम साविक गोर्खे २ हाल सूर्योदय नगरपालिका वडा नं. १ बस्ने ३० वर्षिय बिमल कार्कीको घटनास्थलमै मृत्यु भएको थियो ।

सवारी ज्यान कसुर अनुसन्धान तथा कार्वाहीको सिलसिलामा वारदातपश्चात् फरार रहेका बस चालक बस्नेतलाई अर्जुनधारा ५ मा घर बनाई बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगर,इलामबाट प्रहरी टोली खटिगइ इप्रका अनारमनीको सहयोगमा मंगलवार राति ९.३० बजे बस्नेतलाई आफ्नै घरमा फेला पारिएको थियो । उनलाई पक्राउ गरी आबश्यक कार्वाहीको लागि ईप्रका पशुपतिनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्