भद्रपुर, मंसिर २२ । भद्रपुरमा आगलागी भएको छ ।

भद्रपुर– ६ बहलमानपट्टीस्थित शारदा आधारभूत विद्यालय अगाडि बस्ने अजय कामतीको भान्सा कोठामा बुधवार साँझ ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब साढे २ लाख मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भई आगो लाग्दा भान्सा कोठामा रहेको फ्रिज, भाडा बर्तन, खाद्यान्न सामग्री र अर्को कोठामा रहेको लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्